दक्षिण कोरियाको सत्ताधारी दल कन्जरभेटिभ पार्टीले आगामी जुनमा हुने मध्यावधि निर्वाचनका लागि पूर्व श्रममन्त्री किम मुन–सोलाई उम्मेदवार बनाएको छ।
पूर्व राष्ट्रपति युन सुक योलको स्थानमा हुने निर्वाचनका लागि किम मुन–सोले एक मात्र क्याबिनेट सदस्यको रूपमा ५६.५ प्रतिशत सार्वजनिक समर्थन पाएका थिए। पिपुल्स पावर पार्टीको उम्मेदवारीका लागि चयन भएपछि उनले युनको नागरिक शासनको निलम्बनको प्रयासलाई रोक्न र महाभियोगको विरोध गर्न असफल भएकोमा माफी माग्न अस्वीकार गरेका छन्।
पूर्व विद्यार्थी लेबर एक्टिभिष्टबाट कन्जरभेटिभ बनेका ७३ वर्षीय किमले पार्टी सदस्य मतपत्र र जनमत सर्वेक्षणको मिश्रणमा आधारित परिणाममा पूर्व पार्टी प्रमुख हान दोङ–हुनलाई पराजित गरेका हुन्।
उम्मेदवारी स्वीकार गर्दै किमले भने, “हामी आज यहाँ निराशा र क्रोधलाई धकेल्दै भेला भएका छौँ। अनगिन्ती नागरिकहरूको चित्कारका बावजुद हाम्रा राष्ट्रपति युनमाथि महाभियोग लगाइयो।” उनले आफ्नो शरीर टुक्रा–टुक्रा भए पनि निर्वाचन जित्ने बताए।
किमले ‘जनताद्वारा निर्वाचित राष्ट्रपतिलाई महाभियोग लगाएको’ भन्दै विपक्षी नियन्त्रित संसद्को आलोचना गरेका छन्।
दक्षिण कोरियाको प्रतिष्ठित सियोल नेसनल युनिभर्सिटीमा भर्ना भएपछि किमले करिब दुई दशक श्रम र प्रजातन्त्र समर्थक कार्यकर्ताका रूपमा सैन्य अधिनायकवादी शासनविरुद्ध लडेका थिए तर सन् १९९१ मा सोभियत सङ्घको पतनपछि आफूले आफ्नो विचार परिवर्तन गरेको बताएका थिए।
अप्रिल २५ मा सार्वजनिक गरिएको ग्यालपको पछिल्लो सर्वेक्षणले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे–म्युङले ३८ प्रतिशत समर्थनका साथ चुनावी मैदानमा अग्रता लिएको देखाएको छ।
पिपपीका उम्मेदवार किमले ८९.७ प्रतिशत मत प्राप्त गरी आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेका लीलाई ‘तानाशाह’ को संज्ञा दिएका छन्। उनले ली जे–म्युङ र उनको डेमोक्र्याटिक पार्टी समूहलाई सत्तामा पुग्नबाट रोक्न आवश्यक पर्ने कुनै पनि समूहसँग बलियो गठबन्धन बनाउने बताएका छन्।