२२ बैशाख २०८२ , सोमबार

टीकापुर घटनाका दोषी रेशम चौधरी पुन: पक्राउ, थुनामा पठाइने

News
१७ बैशाख, काठमाण्डौँ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरीलाई प्रहरीले पुन: पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार चौधरीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो।

रेशम चौधरीको आममाफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न आदेश दिएको थियो।

टीकापुरमा २०७२ सालमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएका चौधरी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए।

सर्वोच्च अदालतले आममाफीविरुद्ध परेको रिटको सुनुवाइ गर्दै रेशम चौधरीलाई पक्राउ गरेर थुनामा पठाउन आदेश दिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए। सारदा बोहोरा कठायतले आममाफीविरुद्ध रिट दर्ता गराएकी थिइन्।