१३ चैत्र २०८२ , शुक्रबार

बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ, बने नेपालका ४३औँ प्रधानमन्त्री

News
१३ चैत्र, काठमाण्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

यससँगै शाह नेपालका ४३औँ प्रधानमन्त्री बन्नुभएको छ। उहाँलाई राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो।

नवनियुक्त प्रधानमन्त्री शाहले शपथ ग्रहणपछि सरकारको नेतृत्व गर्दै नयाँ कार्यकाल सुरु गर्नुभएको छ।