बेलायती प्रहरीले आतङ्कवाद विरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरेको जनाएको छ।
लन्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई ’आतङ्कवादी गतिविधिको तयारी गरेको’ आशङ्कामा पक्राउ गरिएको उल्लेख छ। उनीहरूलाई लन्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतङ्कवादी अपराध’ गर्न खोजेको आशङ्कामा पक्राउ गरिएको हो।
ती पुरुष २९ देखि ४६ वर्ष उमेर समूहका रहेका र उनीहविरूद्ध आतङ्कवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास परिसरलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो।
यसैबीच शनिबार लण्डनमा आतङ्कवाद विरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरीले लण्डनमा पक्राउ परेका तीनै जना ‘शुक्रबार पाँच जनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ। उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो।
गृहमन्त्री यवेट कूपरले ‘राष्ट्रिय सुरक्षा खतरा’ प्रति बेलायतको प्रतिक्रियाको एक हिस्साका रूपमा यी ‘गम्भीर अभियान’ चालिएको बताउनुभएको छ।