पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले जेल भ्यानमा आक्रमण गरी पाँच जना प्रहरीलाई अपहरण गरेको दाबी गरेको छ।
शुक्रबार राति ३० देखि ४० जना सशस्त्र व्यक्तिहरूले बलुचिस्तान प्रान्त पार गर्ने एउटा मुख्य राजमार्ग अवरुद्ध गरी प्रहरीको निगरानीमा रहेको जेल भ्यानलाई रोक्का पारेको प्रहरी अधिकारीले जानकारी दिएका छन्।
अपहरणमा परेका प्रहरीको उद्धारका लागि अभियान जारी रहेको एक उच्च प्रहरी अधिकारीले बताए। उक्त समूहले त्यस क्षेत्रमा रहेका केही सरकारी भवन र एक बैङ्कमा समेत आगजनी गरेको जनाइएको छ। सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन्।
पाकिस्तान विगत केही दशकदेखि बलुचिस्तानमा पृथकतावादी विद्रोहको सामना गरिरहेको छ, जहाँ राज्य सुरक्षा बल, विदेशी नागरिक तथा गैर–स्थानीय नागरिकहरू आक्रमणको निशानामा पर्छन्।
बलुच लिबरेशन आर्मी (बीएलए) ले कलात जिल्लामा भएको आक्रमणको जिम्मा लिएको छ। बीएलएले विगतमा विदेशी लगानीमा निर्माण भइरहेका ऊर्जा परियोजना, विशेषगरी चीनद्वारा समर्थित योजनाहरूलाई लक्षित गर्दै आएको छ।