नेपाली सेयर बजारमा बुधबार उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ बिन्दुमा पुगेको छ। यो २.३८ प्रतिशतको वृद्धि हो।
आज ३०८ वटा धितोपत्रको ९९ हजार ३०५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ रुपैयाँ पुगेको छ।
आज सबै उपसमूहको मूल्य बढेको छ। वित्त र जलविद्युत् क्षेत्रका लगानीकर्ताले आज बढी कमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ। यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रोका लगानीकर्ताले समेत धेरै कमाएका छन्।
बढ्दो बजारमा पनि न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ। आज सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ।