१५ कार्तिक २०८२ , शनिबार

फेरी नेप्सेमा उत्साह! २६०० अंकमा बजार, हाइड्रोपावर समूह अग्रपंक्तिमा

News
१३ कार्तिक, काठमाण्डौँ ।

अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज कारोबार ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। यसमा हिमालयन बैंकको संस्थापक सेयरको १ अर्ब ६६ करोड रुपैयाँको कारोबार प्रमुख कारण बनेको हो।

आज २१६ कम्पनीको मूल्य बढेको, २८ कम्पनीको घटेको, र ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
क्षेत्रगत रूपमा हेर्दा हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ।
त्यस्तै, बैंकिङ ०.३३%, विकास बैंक १.२३%, फाइनान्स १.६०%, होटल तथा पर्यटन ०.७५%, लगानी १.३५%, जीवन बीमा १.८०%, उत्पादन तथा प्रशोधन १.७४%, माइक्रोफाइनान्स १.६०%, निर्जीवन बीमा १.७५%, अन्य १.०६% र व्यापार समूह ०.८८% ले बढेका छन्।

उल्लेख्य वृद्धि पाउने कम्पनीहरूमा गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्त को मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै, सुपर मादी हाइड्रोपावर (९.५४%), गणपति लघुवित्त (९.४६%), र पिपुल्स हाइड्रोपावर (९.०८%) को मूल्य पनि उल्लेख्य बढेको छ।

अर्कोतर्फ, आशा लघुवित्त को मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशतले घटेको छ। उपकार लघुवित्त (३.९६%)हिमालयन पावर पार्टनर (३.७५%) पनि घट्ने सूचिमा छन्।

आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा हिमालयन बैंक संस्थापक, राधि विद्युत्, नेपाल पुनर्बीमा, साहस ऊर्जा, र बुटवल पावर कम्पनी परेका छन्।