२६ जेष्ठ २०८२ , सोमबार

नेप्से परिसूचकमा वृद्धि, ८ अर्ब ६८ करोडको कारोबार

News
२६ जेष्ठ, काठमाण्डौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३.१९ अंक अर्थात् ०.८८ प्रतिशतले बढेको छ। आज नेप्से दुई हजार ६५३.०९ बिन्दुमा पुगेको छ।

आज १९१ कम्पनीको शेयरमूल्य बढ्दा ५६ वटाको घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता शेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन्।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य ९.९९ प्रतिशतले बढेका छन्। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ७.४७ प्रतिशतले ओरालो लाग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.२३ प्रतिशतले ओरालो लागेको छ।

आजको कारोबारपछि बजारपुँजीकरण रु ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ।