५ जेष्ठ २०८२ , सोमबार

नेप्से परिसूचकमा सुधार, ७ अर्ब ३५ करोडको कारोबार

News
५ जेष्ठ, काठमाण्डौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९.३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेको छ। यस वृद्धिसँगै परिसूचक दुई हजार ६२८.३६ विन्दुमा पुगेको छ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५.१८ मा किनबेच भएका छन्।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेको छ।

यसैगरी, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। छ्याङदी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ४० र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चार दशमलव ३९ प्रतिशतले घटेको छ।