२२ बैशाख २०८२ , सोमबार

नेप्सेमा दोहोरो अंकको गिरावट, लगानीकर्ता निराश

News
१६ बैशाख, काठमाण्डौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ।

मंगलबार नेप्से परिसूचक १५.०८ अंकले घटेर दुई हजार ६३१.९८ को बिन्दुमा पुगेको छ। यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो।

आज ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक बाहेक अन्य सबै समूहको उपसूचक घटेको छ। वित्त समूहको उपसूचक सबैभन्दा धेरै १.२२ प्रतिशतले घटेको छ।

कारोबारको दौरान कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, तर मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका शेयर मूल्य भने ९.९८ प्रतिशतले घटेको छ।

सानिमामाई हाइड्रोपावर लिमिटेडको ८२ करोड ४३ लाख ७३ हजार १३१ रुपैयाँ बराबरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ। नेप्सेमा आएको गिरावटले लगानीकर्ताहरू निराश भएका छन्।