कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ हजार ३०५ कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा राखेर यो सेयर बिक्री गर्न लागेको हो। इच्छुक संस्थापक सेयरधनीहरूले आफूले किन्न चाहेको सेयरको मूल्यसहित निवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा निवेदन दिनुपर्नेछ।
यदि तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नआएमा, बैंकले यी सेयरहरू सर्वसाधारणलाई बिक्री गर्नेछ।