२६ जेष्ठ २०८२ , सोमबार

कञ्चनपुरको सिमलखेतमा दलित परिवारका लागि सुरक्षित आवास निर्माण हुँदै

News
७ जेष्ठ, काठमाण्डौँ ।

शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुन लागेको छ । आर्थिक अभावका कारण पक्की घरमा बस्ने सपना नदेखेका उनलाई नगरपालिकाले सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आशा जागेको छ ।

सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ । वडाध्यक्ष लालबहादुर ऐरका अनुसार ६ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेका छन् र यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।