३० जेष्ठ २०८२ , शुक्रबार

कैलालीमा चट्याङ लागेर एकको मृत्यु

News
२९ जेष्ठ, काठमाण्डौँ ।

कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए।