२४ जेष्ठ २०८२ , शनिबार

बान्निगढी बर्दादेवीमा हेलिप्याड निर्माण, विपद्मा उद्धारमा सहज हुने

News
२० जेष्ठ, काठमाण्डौँ ।

डोटीको बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ। विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न नेपाली सेनाले हेलिप्याड निर्माण गरेको हो।

नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको छ। गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए। हेलिप्याडले नागरिक र सैनिकबीचको सम्बन्धलाई कसिलो बनाउन सहयोग मिल्ने उनको भनाइ छ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले हेलिप्याड निर्माणबाट जिल्लाको पर्यटकीय एवं धार्मिक क्षेत्र बर्दादेवी मन्दिरको प्रचारप्रसारका लागि टेवा पुग्ने बताए। गाउँपालिकाको रु एक लाख ५० हजार सहयोग र सैनिकले श्रमदान गरी हेलिप्याड निर्माण गरिएको हो।