२५ जेष्ठ २०८२ , आईतवार

सुन्दर बजारमा आगलागी हुँदा एकल महिलाको जलेर मृत्यु

News
१४ जेष्ठ, काठमाण्डौँ ।

सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बस्नु भएको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।