२५ जेष्ठ २०८२ , आईतवार

कैलालीमा आगलागी हुँदा एक वृद्धको मृत्यु

News
१९ जेष्ठ, काठमाण्डौँ ।

कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ।

आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।

आगलागीको खबर पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर आगो निभाएको थियो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।