२१ जेष्ठ २०८२ , बुधबार

इजिप्टमा बस दुर्घटना हुँदा सातको मृत्यु, सात घाइते

News
१० जेष्ठ, काठमाण्डौँ ।

इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक सानो बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार, चालकले अत्यधिक गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। घाइतेहरूलाई मिन्या सार्वजनिक अस्पतालमा र्पुयाइएको छ।

इजिप्टमा प्रत्येक वर्ष हजारौं मानिस सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन्। यी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियमको उल्लङ्घन र सडकको कमजोर अवस्था रहेको छ।

केही वर्षयता इजिप्टले दुर्घटना न्यूनीकरणका लागि नयाँ सडक तथा पुल निर्माण गर्दै पुराना संरचनाहरूको मर्मतसमेत गरिरहेको छ।