१ जेष्ठ २०८२ , बिहीबार

चीनको राष्ट्रिय जन कांग्रेसका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा

News
१ जेष्ठ, काठमाण्डौँ ।

चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ।

उहाँ सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ।