घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ। धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो।
आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ। उच्च रक्तचापकी बिरामी रहेकी उनी बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लड्नुभएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।