२३ बैशाख २०८२ , मंगलवार

घरायसी विवादमा श्रीमतीको हत्या

News
१६ बैशाख, काठमाण्डौँ ।

बेनी नगरपालिका–७ मङ्गलाघाटमा आज बिहान एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलमा बस्ने राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीया भगवती विकको मृत्यु भएको हो।

प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारी अनुसार मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ। घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको छ।

प्रारम्भिक अनुसन्धानमा घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका र भगवतीको घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।