१३ असार २०८२ , शुक्रबार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी बागलुङमा पक्राउ

News
१३ असार, काठमाण्डौँ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सवारी ज्यान तथा अंगभंग कसुर मुद्दाका फरार प्रतिवादी हेमन्त बहादुर शाहीलाई पक्राउ गरेको छ। 

जिल्ला बागलुङ बागलुङ नगरपालिका १० बस्ने वर्ष ४७ को हेमन्त शाहीलाई पर्वत जिल्ला अदालत पर्वतले २०६१ सालमा ८ वर्ष ११ महिना १३ दिन कैद र रू. ९,००० जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएका प्रहरी टोलीले पक्राउ गरी मिति २०८२।०३।१२ गते बागलुङ जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार फैसला कार्यान्वयनका लागि बागलुङ जिल्ला कारागार पठाइएको छ ।