२६ जेष्ठ २०८२ , सोमबार

सिन्धुलीमा सुनकोशी नदीमा शव फेला, पहिचान खुल्न बाँकी

News
७ जेष्ठ, काठमाण्डौँ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित सुनकोशी नदीमा मङ्गलबार दिउँसो एक व्यक्तिको शव फेला परेको छ । अन्दाजी ४०/४५ वर्षका पुरुषको शव पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको नेतृत्वमा खटिएको टोलीले विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोर टोलीसँगको सहकार्यमा शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

मृतक पुरुषको दाहिने हातको नाडीमा ‘NURJIT’ लेखिएको ट्याटु, दाहिने कानमा चाँदीजस्तो देखिने दुईवटा मुद्रा र शरीरको तल्लो भागमा नीलो रङको कट्टुमा रातो रङका तीनवटा धर्सा रहेको प्रहरीले जनाएको छ ।

शवको पहिचान खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।