७ कार्तिक २०८२ , शुक्रबार

तुलसीपुर र शान्तिनगरमा खोलामाथि दुई पुल निर्माण

News
१९ असार, काठमाण्डौँ ।

तुलसीपुर उपमहानगरपालिका–१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका–३ को बौलाह खोलामा रु चार करोड २५ लाख २७ हजारको लागतमा दुई वटा पुल निर्माण भएका छन्।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेसँगै दुवै पुल सञ्चालनमा आएका छन्।

शान्तिनगर गाउँपालिका–३ बाट बग्ने पातेटाकुरा खोलामा निर्माणाधीन पुलको काम यथाशीघ्र पूरा गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दै पालिकाले निरन्तर अनुगमन गरिरहेको छ।