काठमाडौं प्रहरी परिसरले १०६० ग्राम लागु औषध अफिम जस्तो देखिने कालो वस्तुसहित दुई जनालाई पकनाजोलबाट पक्राउ गरेको छ।
आज जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, काठमाडौं महानगरपालिका-१६, पकनाजोलमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोलीले छापा मारेको थियो।
रोल्पा सुनिल स्मृति गाउँपालिका-५ काप्रा बस्ने वर्ष ४५ को रुद्र बहादुर थापा र सोही ठाउँ मनगा बस्ने वर्ष ३६ को राकेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १०६० ग्राम अफिम जस्तो देखिने कालो वस्तु, INFINIX र Redmi कम्पनीका एक/एक थान एन्ड्रोइड मोबाइल, NOKIA को एक थान Keypad मोबाइल, एक थान टेप रोल र एक थान कालो रङ्गको लेदरको झोला बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।