चितवन राष्ट्रिय निकुञ्जले गैंडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई आइतबार पक्राउ गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ बिसहजारी सडक क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने दुवै जना पुरुष रहेको उनले बताए। उनीहरूलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनले अनुसन्धानमा रहेका उनीहरूको नाम गोप्य राखिएको बताए।