सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको एक होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादवलाई पक्राउ गरिएको शसस्त्र प्रहरी प्रवक्ता कालिदास धौबजीले जानकारी दिए।
उनीहरूलाई दर्शन नमस्ते इन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौँमा बेचविखन गर्दै आएको खुलेको छ ।