२० जेष्ठ २०८२ , मंगलवार

ट्रम्पले नासा प्रमुखलाई फिर्ता बोलाए

News
१८ जेष्ठ, काठमाण्डौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाका प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाएका छन्। ह्वाइट हाउसले नयाँ उम्मेदवारको घोषणा छिट्टै गर्ने बताएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “नासाको प्रमुखका लागि जेरेड इसाकम्यानलाई अब राख्‍न चाहन्नँ। म चाँडै नै नयाँ मान्छेलाई घोषणा गर्नेछु। नयाँ उम्मेदवार छिट्टै काममा आउनेछन् र अमेरिकालाई अन्तरिक्षको दौडमा पहिलो बनाउन मद्दत गर्नेछन्।”

गत वर्ष ट्रम्पले धनी मानिस तथा अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुख बनाउन खोजेका थिए। सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले उनलाई अनुमोदन गरेको थियो।

मस्कका साथी र स्पेसएक्सका ग्राहक आइज्याकम्यानले कम्पनीबाट धेरै पैसामा निजी अन्तरिक्ष उडान किनेका छन्।