अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गरेका छन्।
सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा आफूले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गरेकी थिइन्।
ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भनेका हुन्।
ट्रम्पले मेक्सिकोले आप्रवासी र लागुऔषध, विशेष गरी फेन्टानिल, संयुक्त राज्य अमेरिकामा तस्करी रोक्न पर्याप्त काम नगरेको लामो समयदेखि गुनासो गर्दै आएका छन्। उहाँले मेक्सिकोमा भन्सार शुल्क लगाउने तर्कका रूपमा प्रयोग गर्दै मेक्सिकोले पर्याप्त काम नगरेको आरोप लगाएका हुन्।
ट्रम्पले सेनबामले गैर–राज्य सशस्त्र समूहहरूबाट प्रतिशोधको धम्कीमा सेनाको आफ्नो प्रस्तावलाई अस्वीकार गरेको दाबी गरेका छन्। उनले मेक्सिकोका राष्ट्रपति कार्टेलहरूबाट डराएको टिप्पणी गरेका छन्।