कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको अधिकतम थोक मूल्य निम्नानुसार रहेको छ:
आज ठूलो गोलभेँडा (नेपाली) प्रतिकिलो रु. ७०, सानो गोलभेँडा (लोकल) रु. ३४, सानो गोलभेँडा (टनेल) रु. ५०, रातो आलु रु. ४४, भारतीय रातो आलु रु. ४०, मुडे रातो आलु रु. ३९ र सेतो आलु रु. ३५ तोकिएको छ। त्यसैगरी, भारतीय सुकेको प्याज रु. ४९, लोकल गाजर रु. ९०, तराईको गाजर रु. ७०, लोकल बन्दा रु. ४०, स्थानीय काउली रु. ६५, लोकल सेतो मूला रु. ३० र हाइब्रिड सेतो मूला रु. ३० निर्धारण गरिएको छ।
यस्तै, लाम्चो भन्टा रु. ३०, डल्लो भन्टा रु. ४०, तने बोडी रु. ४०, मकै बोडी रु. ८०, मटरकोसा रु. १९०, लोकल घिउ सिमी रु. ६०, हाइब्रिड घिउ सिमी रु. ५०, राजमा घिउ सिमी रु. १०० र टाटे सिमी रु. ८० तोकिएको छ। भटमास कोसा रु. १२०, तीतो करेला रु. ४०, लौका रु. ३५, लोकल परबर रु. ५० र तराईको परबर रु. ५० मा कारोबार हुनेछ।
चिचिण्डो रु. ४०, घिरौला रु. ५०, झिगुनी रु. ५५, पाकेको फर्सी रु. ५०, लाम्चो हरियो फर्सी रु. ४०, डल्लो हरियो फर्सी रु. ४० र भिण्डी रु. ४५ प्रतिकिलोमा बिक्री हुनेछ। सखरखण्ड रु. ७०, पिँडालु रु. ७०, स्कूस रु. ५०, रायोसाग रु. १२०, पालुङ्गो साग रु. १५०, तोरीको साग रु. १२० र हरियो प्याज रु. १४० प्रतिकिलो निर्धारण गरिएको छ।
च्याउ (कन्य) रु. १७०, च्याउ (डल्ले) रु. ३५०, कुरिलो रु. ३००, निगुरो रु. ६०, ब्रोकाउली रु. ७०, चुकुन्दर रु. ७०, सजिवन रु. १७०, रातो बन्दा रु. ११०, जिरीको साग रु. १०० र ग्याठकोभी रु. १०० प्रतिकिलो तोकिएको छ। सेलरी रु. १५०, पार्सले रु. १०००, सौफको साग रु. १२०, पुदिना रु. १६०, इमली रु. १७०, तामा रु. १२०, तोफु रु. १४० र गुन्द्रुक रु. ३५० मा कारोबार हुनेछ।
स्याउ (झोले) रु. २५०, स्याउ (फुजी) रु. ३३०, केरा (दर्जन) रु. १४०, कागती रु. १४०, अनार रु. ३५०, आँप (माल्द) रु. ९०, आँप (दशहरी) रु. ९५, अङ्गुर (हरियो) रु. २५०, हरियो तरबुजा रु. ७५, मौसम रु. २०० र जुनार रु. २५० प्रतिकिलो तोकिएको छ। भुइँकटहर प्रतिगोटा रु. १७०, लोकल काँक्रो रु. ८०, हाइब्रिड काँक्रो रु. २०, रुखकटहर रु. ६०, चाइनिज नास्पाती रु. २६०, नेपाली मेवा रु. ७० र भारतीय मेवा रु. १०० मा किनबेच हुनेछ।
अदुवा रु. ११०, सुकेको खुर्सानी रु. ४२०, हरियो खुर्सानी रु. ३५, बुलेट हरियो खुर्सानी रु. २५, माछे हरियो खुर्सानी रु. ८०, अकबरे खुर्सानी रु. ३५० र भेडे खुर्सानी रु. १२० प्रतिकिलो निर्धारण गरिएको छ। हरियो धनियाँ रु. १८०, चाइनिज सुकेको लसुन रु. २००, नेपाली सुकेको लसुन रु. १७०, सुकेको छ्यापी रु. २०० र हरियो छ्यापी रु. १२० मा कारोबार हुनेछ।
ताजा माछा (रहु) रु. ३३०, ताजा माछा (बचुवा) रु. ३२०, ताजा माछा (छडी) रु. २४०, राजा च्याउ रु. ३०० र सिताके च्याउ रु. ९०० प्रतिकिलोमा बिक्री हुनेछ।