६ असार २०८२ , शुक्रबार

आजको विदेशी मुद्रा विनिमय दर: डलर १३६.९५ रुपैयाँ

News
६ जेष्ठ, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३५ पैसा र बिक्री दर १३६ रुपैयाँ ९५ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिद दर १५३ रुपैयाँ ६५ पैसा र बिक्री दर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८२ रुपैयाँ ४६ पैसा र बिक्री दर १८३ रुपैयाँ २६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ६६ पैसा र बिक्री दर १६४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९० पैसा र बिक्री दर ८८ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७५ पैसा र बिक्री दर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ ३६ पैसा र बिक्री दर १०५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४१ पैसा र बिक्री दर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४१ पैसा र बिक्री दर ३७ रुपैयाँ ५८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ १२ पैसा र बिक्री दर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १२ पैसा र बिक्री दर ३७ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा तोकिएको छ। स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ०९ पैसा र बिक्री दर १४ रुपैयाँ १६ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ५९ पैसा र बिक्री दर २० रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ४३ पैसा र बिक्री दर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिद दर ४४३ रुपैयाँ ९२ पैसा र बिक्री दर ४४५ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६३ रुपैयाँ २७ पैसा तथा ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ १८ पैसा र बिक्री दर ३५५ रुपैयाँ ७४ पैसा रहेको जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।