नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ३१ पैसा र बिक्री दर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १५५ रुपैयाँ २८ पैसा र बिक्री दर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपैयाँ २५ पैसा र बिक्री दर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १६६ रुपैयाँ १६ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २६ पैसा र बिक्री दर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपैयाँ ३५ पैसा र बिक्री दर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५६ पैसा र बिक्री दर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०६ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ६१ पैसा र बिक्री दर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ६८ पैसा र बिक्री दर ३७ रुपैयाँ ८४ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ १८ पैसा र बिक्री दर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ३८ पैसा र बिक्री दर ३७ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ १२ पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९४ पैसा र बिक्री दर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ८२ पैसा र बिक्री दर २० रुपैयाँ ९१ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५५ पैसा र बिक्री दर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४४७ रुपैयाँ ४५ पैसा र बिक्री दर ४४९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रुपैयाँ १९ पैसा र बिक्री दर ३६५ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५८ रुपैयाँ २३ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।