८ जेष्ठ २०८२ , बिहीबार

बाँकेमा लागू औषधसहित तीन जना पक्राउ

News
७ जेष्ठ, काठमाण्डौँ ।

बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ गाउँपालिका १० बस्ने आशिष न्यौपाने, बाँके कोहलपुर नगरपालिका ११ बस्ने सौरभ टमाटा र चन्द्र बहादुर गन्दर्भ रहेका छन् ।

बाँके प्रहरीका अनुसार आशिष न्यौपानेको साथबाट लागू औषध ट्रामाडोल ७ पत्ता र नाईटरोजेपाम ५ पत्ता गरी जम्मा १२० ट्याबलेट बरामद गरिएको छ । त्यस्तै, सौरभ टमाटाको साथबाट १ ग्राम ३३ मिलिग्राम लागू औषध ब्राउन हेरोइन फेला पारी बरामद गरिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।