काठमाडौं महानगरपालिका वडा नं. १६ ठमेलमा भारतीय पर्यटकहरूलाई होटल खोज्न सहयोग गर्ने बहानामा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-११ का पासाङ तामाङ, सोही ठाउँका किरण कुमार मोक्तान र नमोबुद्ध नगरपालिका-१ का निल कुमार तामाङ रहेका छन्।
उनीहरूले भारतीय पर्यटकहरूलाई होटल खोज्न सहयोग गर्ने भन्दै गोंगबु बसपार्क नजिकै रहेको ध्रुव तारा कम्प्लेक्सको छैठौं तल्लामा लगेर कुटपिट तथा लुटपाट गरेका थिए। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।