मिति २०८२।०३।०६ गते, अं. १७:०० बजेको समयमा काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ४ लोलाङ हाईट स्थित एक घरको डेराकोठामा लागुऔषध खैरो हेरोइनको बिक्री वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त डेराकोठा प्रहरी टोली खटि गई रितपुर्वक खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित फेला पारी बरामद गरी तपसिलमा उल्लेखित मानिसहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन -५ (पाँच) को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
पक्राउ प्रतिवादीः-
१. जिल्ला धादिङ नेत्रावती गाउँपालिका वडा नं. २ घर हुने वर्ष २९ की सरिका तामाङ गुरुङ।
२. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १७ घर हुने वर्ष ३८ का सन्दिप शाही।
३. जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ घर भई हाल का.जि. शंखमुल बस्ने वर्ष ४८ का सन्तोष कुमार साह।
बरामद दशीः-
१. लागु औषध खैरो हेरोइन जस्तो देखीने पदार्थ १०.३६ ग्राम (प्लास्टिक हटाई मान्यता प्राप्त तराजुमा तौल गर्दा)
२. नगद रु. १,७४,०००/- (एक लाख चौहत्तर हजार)
३. प्रदेश ३-०२-०१४ प ६२२७ नम्बरको स्कुटर थान - १
४. बागमती प्रदेश-०२-०५६ प ७८०० नम्बरको मोटरसाईकल थान - १