२५ जेष्ठ २०८२ , आईतवार

बसुन्धरामा स्कुटर दुर्घटना हुँदा १८ वर्षीया किशोरीको मृत्यु

News
१२ जेष्ठ, काठमाण्डौँ ।

 काठमाडौँको बसुन्धरामा भएको सडक दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ।