२३ बैशाख २०८२ , मंगलवार

शिक्षक आन्दोलनमा राजावादीको घुसपैठको आशंका, प्रदर्शन छोट्याइयो

News
७ बैशाख, काठमाण्डौँ ।

शिक्षकहरूले आइतबार १९औँ दिनको आन्दोलन २ घण्टा नबित्दै समापन गरेका छन्। शिक्षक प्रदर्शनमा राजावादीको घुसपैठ हुन सक्ने आशंका बढेपछि आन्दोलन छोट्याइएको हो।

माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए। आइतबार राप्रपाले सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि समय तोकिएको थियो। तर राजावादी आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै १९औं दिनको आन्दोलनका कार्यक्रम सकिएको हो।

प्रदर्शनमा शिक्षकहरूले युनिफर्म र आईडी कार्ड अनिवार्य लगाउनुपर्ने नियम बनाइएको थियो। सोमबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नियमित प्रदर्शन हुनेछ। विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित शिक्षकहरू १९ दिनदेखि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्।