७ असार २०८३ , आईतवार

रेशम चौधरीलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

News
१७ बैशाख, काठमाण्डौँ ।

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले डिल्लीबजार कारागार कार्यालयलाई पत्र जारी गर्दै चौधरीलाई थुनामुक्त गर्न निर्देशन दिएको हो। 

सर्वोच्च अदालतका सह-रजिस्ट्रार अच्युत कइकेलद्वारा जारी गरिएको पत्रमा कैलाली जिल्लाका लालविर चौधरीका छोरा रेशमलाल चौधरीलाई पक्राउ गरिएको भए तत्काल रिहा गर्न भनिएको छ।

यसअघि शंकास्पद पत्रका आधारमा रेशम चौधरी पक्राउ परेका थिए। उनको गिरफ्तारीपछि जनमत पार्टीसँग हुने भनिएको एकता पनि भाँडिएको थियो। सर्वोच्च अदालतको यो आदेशले उनको रिहाईको बाटो खुलेको छ र राजनीतिक वृत्तमा यसको प्रभाव देखिने अनुमान गरिएको छ।