३ कार्तिक २०८२ , सोमबार

एक करोड ४६ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा सुचित्रा श्रेष्ठ पक्राउ

News
२५ असार, काठमाण्डौँ ।

एक करोड ४६ लाख एक हजार सात सय तेत्तीस रुपैयाँको बैंकिङ कसुर मुद्दामा सुचित्रा श्रेष्ठ नाम गरेकी महिला पक्राउ परेकी छन्।

जिल्ला सुनसरी, साविक धरान उपमहानगरपालिका ८ बस्ने वर्ष ५४ की श्रेष्ठलाई प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वादी नेपाल सरकार रहेको उक्त मुद्दामा प्रहरीले श्रेष्ठलाई प्रतिवादी बनाएको छ।