१२ असार २०८२ , बिहीबार

सेवाग्राहीलाई दुःख दिने ६ जना पक्राउ

News
११ असार, काठमाण्डौँ ।

मिति २०८२।०३।०९ गते अ. १३:३० बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका ५ स्थित रहेको यातायात व्यवस्था कार्यालय, मोटरसाइकल गुर्जुधारा काठमाडौंमा काम कारबाहीको सिलसिलामा आउने सेवा ग्राहीहरूलाई छिटो काम गरी दिने भनि अनावश्यक दुःख/हैरानी दिने कार्यमा संलग्न तपसिलमा उल्लिखित ६ जना व्यक्तिहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको छ।

पक्राउ परेका प्रतिवादीहरूः
१. जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका ६ बस्ने वर्ष २९ का बिकाश तामाङ
२. जिल्ला मकवानपुर, मकवानपुरगढी गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष २५ का शुशिल अधिकारी
३. जिल्ला सर्लाही, बरहथवा नगरपालिका ९ घर भइ ऐ, १२ बस्ने वर्ष २४ का अनिश ठकुरी
४. जिल्ला मकवानपुर घर भइ ऐ. ५ बस्ने वर्ष १९ का छिरिङ लो
५. जिल्ला धादिङ, थाक्रे गाउँपालिका २ घर भइ ऐ. १० बस्ने वर्ष २७ का मनोज तामाङ
६. जिल्ला गोरखा, सिरानचोक ७ घर भइ ऐ, १० बस्ने वर्ष २४ का राजीव खत्री