२४ जेष्ठ २०८२ , शनिबार

भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन सुरु

News
२३ जेष्ठ, काठमाण्डौँ ।

‘युवाहरूको सशक्तीकरण : जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ ।

भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय २० जना युवा सहभागी हुने नगरप्रमुख गणेश पोखरेलले बताए । सम्मेलनमा युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारत्मक उत्प्रेरणा मिल्ने नगरप्रमुख पोखरेलले विश्वास व्यक्त गरे ।

साथै विश्वव्यापी जलवायु प्रभाव, स्थानीय विकासमा युवा सहभागिता र युवा अभियानबारे युवाहरूको परिचालनको अवगत गराई स्थानीय युवा परिचालनको अवस्थामा सुधार ल्याउन सम्मेलनले सहयोग पुर्याउने नगरप्रमुख पोखरेलले बताए ।

सम्मेलनमा वैज्ञानिक, समाजिक अभियन्ता, कवि, कलाकारलगायत सम्बन्धित विषयका विज्ञहरूले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।