९ जेष्ठ २०८२ , शुक्रबार

'सगरमाथा संवाद' सुरु, जलवायु परिवर्तन र हिमालको भविष्यमा छलफल

News
२ जेष्ठ, काठमाण्डौँ ।

काठमाडौंमा 'जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य' अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन 'सगरमाथा संवाद' सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन्।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता रहेको छ। समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अतिथिहरूको स्वागत गरेकी थिइन्।

समारोहमा विशिष्ट अतिथिहरूको सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछन्।