रूपा गाउँपालिकामा पालिका स्थापना भएदेखि हालसम्म ९५ वटा मुद्दा दर्ता भएका छन्। नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण पालिकाले गर्नसक्ने व्यवस्था छ।
रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा छवटा, आव २०७५/०७६ मा १३ वटा, आव ०७६/७७ मा २२ वटा, आव ०७७/०७८ मा २५ वटा, आव ०७८/०७९ मा आठ वटा, आव ०७९/०८० मा १२ वटा र आव ०८०/०८१ मा नौवटा मुद्दा दर्ता भएका छन्।
न्यायिक समितिमा सबैभन्दा बढी जग्गा भोगचलनसम्बन्धी ४६ वटा र सम्बन्धविच्छेदका २१ वटा मुद्दाका साथै ज्याला, गाली बेइज्जतीसम्बन्धी मुद्दा छन्।