प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तापक्षीय राजनीतिक दलहरूको बैठक जारी छ।
बैठकमा यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्ने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राई लगायतका नेताहरूको सहभागिता रहेको छ।
बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।