१० असार २०८२ , मंगलवार

विनियोजन विधेयक पारित गराउने सत्तापक्षीय दलको निर्णय

News
१० असार, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो।

सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विषयमा प्रमुुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिनुुभयो।