१७ जेष्ठ २०८२ , शनिबार

गणतन्त्रमा मध्यमवर्गको उदय भइरहेको छ : महासचिव पोखरेल

News
१६ जेष्ठ, काठमाण्डौँ ।

नेकपा कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले गणतन्त्रमा मध्यमवर्गको उदय भइरहेको बताएका छन् ।

एमालेले आज आयोजना गरेको ‘गणतन्त्र उत्सव’पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनीले लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउँछ भन्ने मान्यतालाई स्थापित गरेको टिप्पणी गरे। उनीले नेपालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको उल्लेख गरे।

उनीले गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व रहेको उल्लेख गर्दै जनताको बलिदानीपूर्ण सङ्घर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रुपमा रहेको बताए।

महासचिव पोखरेलले कतिपय मानिसले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै पञ्चायतका अन्तिम समयमा धनी र गरिबबीचको खाडल २१ गुणा थियो तर आज त्यो खाडल घटेर छ गुणामा सीमित भएको भनाइ राखे। उनीले सिङ्गो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने अवाञ्छित गतिविधि भइरहेको उल्लेख गरे।

एमाले आज सबै पालिकामा गणतन्त्र दिवस मनाएको छ । एमाले प्रचार विभाग प्रमुख उत्सव विभिन्न जातजातिका बाजागाजासहित भव्य रुपमा मनाएको बताए। सभा अघि एमालेले वेषभूषा, सांस्कृतिक झाँकी ¥याली निकालेको थियो ।

एमालेले आरआर क्याम्पस, पद्यमकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट विभिन्न वेषभूषा, सांस्कृतिक झाँँकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर बृहत् ¥याली निस्केको थियो । र्याली सहिदगेट, सुन्धारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगी समापन गरिएको थियो ।

उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेललगायत पार्टीका शीर्ष नेताहरुको सहभागी भएका थिए । यस्तै पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनकोसमेत उत्सवमा सहभागी थियो ।