२० जेष्ठ २०८२ , मंगलवार

गणतन्त्र राजनीतिक दल र जनसङ्घर्षको फल हो: प्रचण्ड

News
१८ जेष्ठ, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका राजनीतिक दल र जनताको सङ्घर्षले आएको बताएका छन्।

आज यहाँ वाइसिएलको कार्यक्रममा बोल्दै उनले गणतन्त्र माओवादीको मात्र हो भनेर राजावादीहरूले जनतालाई झुक्याउन खोजिरहेको बताए।

“गणतन्त्र सबैको हो, यसलाई बचाउन सक्ने शक्ति माओवादीसँग छ,” अध्यक्ष दाहालले भने, “राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो भन्छन्। यो सुन्दा राम्रो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउनु हो, यसको विरोध गर्नुपर्छ।”

देशलाई गणतन्त्रमा लैजान माओवादी जनयुद्धको ठूलो भूमिका भए पनि नेपाली कांग्रेस, नेकपा (एमाले) र जनताको सहकार्यले गणतन्त्र आएको उनले बताए।

वाइसिएलका रामप्रसाद सापकोटाले गणतन्त्र ल्याउन लडेका युवा यसको रक्षा गर्न पनि तयार रहेको बताए।