राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो तेस्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।
स्थापना दिवसको अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो। भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत सुरु गरिएको रास्वपाले जनाएको छ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका छन्। त्यस अवसरमा उनले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।