पाल्पाको रामपुरमा बसोबास गर्ने अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री उपलब्ध गराइएको छ। रामपुर नगरपालिकाले यहाँका ५९ जना अपाङ्गता भएकालाई विभिन्न सहायता सामग्री प्रदान गरेको हो।
नगरपालिकाले उहाँहरुलाई पाँच वटा ह्विलचियर, १० थान वैशाखी, ३४ थान लौरी, सात थान चस्मा, तीन वटा एयरफोन हस्तान्तरण गरिएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कँडेलले जानकारी दिए।
अपाङ्गता भएका नागरिकको जीवनयापनमा थप सहजता प्रदान गर्न उनीहरुको माग र आवश्यताअनुसार नगरपालिकाबाट सहायता सामग्री वितरणका लागि विनियोजन रु दुई लाख रकमबाट विभिन्न सामग्री प्रदान गरिएको अध्यक्ष कँडेलले जानकारी दिए।
नगरपालिकाले दशवटै वडाका नागरिकलाई समेटेर सामग्री प्रदान गरेको छ। अपाङ्गता भएकाले अन्यलाई आगामी वर्षमा सामग्री वितरण गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए।