२२ बैशाख २०८२ , सोमबार

नेपाल र भारतलाई हिन्दू राष्ट्र बनाउनुपर्छ : रामभद्राचार्य

News
२२ बैशाख, काठमाण्डौँ ।

धर्मचक्रवर्ती तुलसी पीठाधीश्वर पद्विभूषण जगद्गुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्यजी महाराजले नेपाल र भारतलाई हिन्दू राष्ट्र बनाउनुपर्ने विचार व्यक्त गरेका छन्।

जानकी नवमी अर्थात् सीता जयन्तीको पूर्वसन्ध्यामा आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चनापश्चात् पत्रकारसँग उनले हिन्दू धर्म तथा संस्कृतिको संरक्षणका लागि नेपाल-भारतलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका हुन्।

उहाँले विश्वको बदलिँदो परिस्थितिमा धर्म परिर्वतन गराइरहेकाले यसमा सबै हिन्दू धर्मावलम्बी सचेत रहनुपर्ने बताए। स्वामी रामभद्राचार्यजी महाराजले नेपाल तथा भारतबीचको परापूर्वकालदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेकाले यसलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।