२९ बैशाख २०८२ , सोमबार

राष्ट्रपति पौडेलले तनहुँमा ज्येष्ठ नागरिकलाई सम्मान गरे

News
२९ बैशाख, दमौली (तनहुँ) ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिले आयोजना गरेको पूजा कार्यक्रममा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका हुन्।

स्थानीय श्रीहरि पौडेलका अनुसार राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेका छन्। राष्ट्रपति पौडेलले स्थानीयवासीसँग विकास निर्माणका विषयमा पनि चासो राखेका थिए।

राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो। उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।